स्वास्थ्य सचिव डा. उप्रेतीद्धारा पदभार ग्रहण

senendra1

काठमाडौँ, ३ साउन – स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले सोमबार पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा सचिवहरुको बैठक सकेर दिउसो १ बजे स्वास्थ्य मन्त्रालय पुगेका सचिव उप्रेतीले पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयमा उनलाई प्रमुख विशेषज्ञ डा. किरण रेग्मीले स्वागत गरेकी थिइन् । यसअघि मन्त्रालय र विभिन्न महाशाखाका प्रमुख तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदवहालीपछि सम्छिप्त मन्तव्य दिदै सचिव डा. उप्रेतीले मन्त्रालयलाई उत्कृष्ठ दिशामा लैजान आफ्नो पहल हुने बताए । उनले प्राविधिक र प्रशासन मिलेर अघि बढ्नुपर्ने बताए ।

senedra 2

प्रमुख विशेषज्ञ डा. रेग्मीले चिकित्सक सचिव हुनु समग्र स्वास्थ्यकर्मीको जीत भएको बताए । उनले डा उप्रेती प्राविधिक र प्रशासनमा दुबैमा पोख्त भएको भन्दै स्वास्थ्यमा अव सुधार हुने बताइन् ।

उता स्वास्थ्यमन्त्री रामजनम चौधरीले पनि डा. उप्रेतीलाई बधाई दिएका छन् । पदभारपछि मन्त्रीकक्षमा पुगेका सचिव उप्रेतीलाई बधाई दिदैँ स्वास्थ्य मन्त्रालयलाई उत्कृष्ठ बनाउनु कदम चाल्न सुझाव दिए ।

senedra3

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *