अफ्रिकी मुलुकमा जानेले ‘यलो फिभर’को खोप लगाउन ‘ट्राभल एडभाइजरी’

Yellow+Fever+Mosquito

काठमाडौँ, २५ असार – सरकारले अफ्रिकी महादेशका विभिन्न देशमाहरुमा यात्रा गर्नु एक महिना अघि नै यलो फिवर नामक ज्वरोको विरुद्धको खोप लगाउन ‘ट्राभल एड्भाइजरी’ (यात्रा सल्लाह) जारी गरेको छ ।

विश्व स्वास्थ्य संगठनले अफ्रिकी महादेशमा यलोफिवरको प्रकोप बढेको जनाएको भन्दै ती देशमा जानेले खोप लगाई यलो कार्ड साथमा लिई जान समेत अनुरोध गरेको छ ।

एडिस जातको लामखुट्टेले सार्ने र उच्च मृत्युदर भएको यो रोग लागेपछि उपचार समेत असम्भव मानिएको छ । तर रोग नियन्त्रणका लागि खोप प्रभावकारी मानिएको छ ।

महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले ज्वरो आउने , टाउको दुख्ने जन्डिस हुने र जीउ दुख्ने लगायतका लक्षण यो रोगको लक्षण भएको बताए ।उनले यलो फिभर खोप एक पटक लगाईसकेपछि जीवनभर प्रभावकारी हुने भन्दै सुरक्षित रहनका लागि खोप अनिवार्य लगाउनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *