जिल्लामै एउटा एक्सरे मेसिन त्यै पनि प्राविधिक नभएर बन्द

x- rayडोल्पा, २३ असार –  जिल्लाकै एक मात्र एक्सरे मेसिन त्यै पनि सञ्चालन गर्ने प्राविधिक नभएर ठप्प भएको छ । जिल्ला अस्पतालमा रहेका एक्सरे मेसिन चलाउने एक मात्रै कर्मचारी तालिमका लागि जिल्ला बाहिर गएपछि सेवा ठप्प भएको हो ।

एक्स–रे गर्ने कर्मचारी तालिममा जिल्लाबाहिर गएकाले दुई हप्तादेखि सेवा ठप्प भएको हो । कर्मचारी नभएपछि जिल्लाका बिभिन्न गाउँबाट एक्स–रेका लागि अस्पताल पुगेका सेवाग्राही त्यसै फर्कने गरेका छन् । अस्पतालमा कर्मचारी नभएपछि एक्स–रेका लागि जिल्लाबाहिर जान थालेको त्रिपुराकोट रल्लीका सुकलाल नेपालीले बताए।

त्यस्तै, एक्स–रे गर्न नपाएको गुनासो जुफाल गाविस मोतिपुरका शुद्ध परियारले गरे । एक हप्ताभित्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक्स–रे गर्ने स्वास्थ्यकर्मी बोलाएर सेवा सञ्चालन गरिने जिल्ला अस्पतालका डाक्टर श्रीकान्त अग्रवालले बताए ।

जुम्लाबाट आउने स्वास्थ्यकर्मीबाट डोल्पाका स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिन पठाएर सेवालाई दीर्घकालीन बनाइने समेत उनले बताए । -रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *