थाई राजाको स्वास्थ्यमा सामान्य सुधार

Thai King Makes Appearance On Coronation Day

बैंकक, २० असार – थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजको स्वास्थ्यमा सामान्य सुधार आएको थाई राजदरबार सचिवालयले जानकारी दिएको छ ।

थाइल्याण्डका बयोबृद्ध राजा भूमिबोलको स्मस्तिष्कमा जम्मा भएको पानी शल्यक्रिया गरी आइतबार निकालिएको थाई राजदरबारले आइतबार बताएको थियो ।

थाई राजा भूमिबोलको मस्तिष्कमा पानी जमेको जानकारी चिकित्सकहरुले यसअघि नै जानकारी गराएका थिए । त्यसपश्चात उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक चासो बढेको थियो ।

थाइल्याण्डका अठासी वर्षीय राजा पछिल्लो समय ह्वीलचियरको सहयोगमा हिँड्ने गर्छन्। पछिल्लो समयमा उनको स्वास्थ्यस्थितिप्रति सार्वजनिक रूपमा चासो व्यक्त गर्न थालिएपछि दरबारले उनको स्वास्थ्य स्थितिबारे पछिल्ला महिनामा नियमित जानकारी दिन थालेको हो ।

राजा भूमिबोल गएको दुई वर्ष यता अधिकांश समय बैंककस्थित अस्पतालमा बिताएक छन्। उनको स्वास्थ्यमा बारम्बार समस्या देखिँदै आएको छ ।

उनी ब्याक्टेरियाको सङ्क्रमण कारण श्वासप्रश्वास, मुटु र मस्तिष्कमा पानी जम्ने समस्या भएपछि चिकित्सकको सल्लाहबमोजिम नियमित रूपमा उपचार गराइरहेका छन्।

थाइ राजदरबारले सोमबार उनको स्वास्थ्यमा सामान्य सुधार आएको जानकारी दिएको हो । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *