अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना

136
Shares

dhulagiri

बागलुङ, १७ असार –  गरिब, असहाय लगायत लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिन धवलागिरि अञ्चल अस्पताल बागलुङमा सामाजिक सेवा एकाइ स्थापना भएको छ ।

आधारभूत र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हकबाट नागरिकलाई वञ्चित हुन नदिन यस्तो एकाइ स्थापना गरिएको हो । सरकारले आव ०६९/७० देखि जिल्ला अस्पतालभन्दा माथिका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा एकाइ राख्ने निर्णय गरेको थियो । यस वर्ष धवलागिरि अञ्चल अस्पतालसहित अन्य पाँच अस्पतालमा एकाइ स्थापना गरिएका छन् । यसअघि अन्य आठ अस्पतालमा एकाइ स्थापना भइसकेका थिए ।

धवलागिरि अञ्चल अस्पतालमा एकाइबाट सेवा दिन सुरु गरिएको सामाजिक सेवा एकाइ प्रमुख तीर्थराज गौतमले बताए । एकाइबाट गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित, महिला स्वास्थ्य स्वयम्सेविका, प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्ति, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीबाट ल्याइएका दुर्घटनामा परेका अभिभावकविहीन र थुनुवा बिरामीले सेवा पाउने प्रमुख गौतमले जानकारी दिए। –  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *