डा. अवस्थीमाथि भएको दुर्ब्यहारप्रति पेशागत संगठनले जनाए आपत्ति

dr gunaraj awasthi
डा. गुणराज अवस्थी

काठमाडौँ, २६ जेठ- जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन डा. गुणराज अवस्थीमाथि भएको दुर्ब्यबहार प्रति चिकित्सकहरुको पेशागत संगठन, समूह तथा चिकित्सकस्वयंले विरोध जनाउनेक्रम जारी छ ।

आजै नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । उसले उपचार प्रक्रियामा त्रुटि भएको महसुस भएमा निवेदन दर्ता गराई कानूनी उपचार खोज्न सकिने भन्दै कार्यस्थलमा खटिएका चिकत्सिक तथा स्वास्थ्यकर्मी माथि अभद्रव्यवहार हुनु निन्दनीय भएको जनाएको छ ।

डा.अवस्थीमाथि एम्वुलेन्स निशुल्क उपलव्ध नगराएको आरोपमा तीन जना महिलाले गत २३ जेठमा अस्पतालमै आई हातपात गर्ने तथा कालोमोसो लगाउने जस्ता अमानवीय कार्य गरेका थिए । डा. अवस्थीमाथि भएको घट्नाको विरोधमा स्थानीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप स्वास्थ्य सेवा ठप्प पारेका छन् ।

यसअघि युवा चिकित्सकहरुको समूह ‘परिवर्तनका लागि चिकित्सक’ (डाक्टर फर चेन्ज)ले पनि डा. अवस्थीमाथि भएको घटनाको भत्र्सना गर्दै छानवीन गरि दोशीमाथि कारबाही गर्न माग गरेको थियो ।

सो संस्थाले अवस्थीमाथि भएको अभद्र व्यहाहारले आम नेपाली चिकित्सकको काम गर्ने मनोवल घटेको भन्दै आगामी दिनमा यस्ता गतिविधि नहोस भन्नका लागि सम्वन्धित निकायले ध्यान पुरयाउन समेत अपिल गरेको छ ।

यसअघि मंगलबारमात्रै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले फेसबुकबाट आफ्नो डा. अवस्थीप्रति भएको दुव्र्यभारको निन्दा गर्दै घटनाका प्रत्यक्ष दोशी देखिएका तथा प्रत्यक्ष रुपमा नदेखिएका योजनाकारहरुको समेत खोजविन गरी आवश्यक कारबाही गर्न माग गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *