अधिकांश ‘हाकिम साब’लाई उच्चरक्तचापको समस्या

DSC01865

ललितपुर ५ जेठ – सरकारी कार्यालयका अधिकांश हाकिम ( कार्यालय प्रमुख)हरुमा उच्चरक्तचापको समस्या पाइएको छ । अल्का अस्पतालले ललितपुरका सरकारी कार्यालयका प्रमुखहरुलाई लक्षित गरि आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षणका क्रममा यस्तो समस्या पाइएको हो ।

अस्पतालले बुधबार जिल्ला बिकास समितिको सभाहलमा स्वास्थ्य शिविर राखि सरकारी कार्यालयका प्रमुख तथा अन्य सरकारी कर्मचारीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, स्थानिय बिकास अधिकारी पशुपति पोखरेल, बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, उपमहा नगरपालिका प्रमुख भरतमणी पाण्डे लगायत झण्डै एक सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

कार्य व्यस्तताका कारण नियमित स्वास्थ्य परीक्षण गराउन नभ्याउने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको निशुल्क स्वास्थ्य परीक्षण गराएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।

DSC01840

स्वास्थ्य परीक्षणमा सहभागी अधिकांस कार्यालय प्रमुखमा उच्च रक्तचापको समस्या देखिएको मुटुरोग बिशेषज्ञ डा. उदय कुमार श्रेष्ठले बताए । केहीमा मधुमेहको समस्या पाइएको छ । शिबिरमा सहभागीहरुको मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. प्रिया दशर्नी योञ्जन, मुटुरोग बिशेषज्ञ उदय कुमार श्रेष्ठ र जनरल फिजिसियन डा. जीवन पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिबिरमा सहभागीहरुलाई चिकित्सकको सिफारिसमा निशुल्क ल्याव परीक्षणका साथै औषधी समेत बितरण गरिएको थियो । शिबिरमा सहभागी भएकाहरुलाई दुई साताभित्र फलोअपमा आएपनि बिशेषज्ञ परामर्श सेवा निशुल्क गरिने अस्पतालका अध्यक्ष थापाले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *