शरीरलाई तन्दुरुस्त बनाउन चाहनुहुन्छ ? खानुस् केरा

0
Shares

banana1

केरा जुनसुकै बेलामा पनि पाउन सकिने फलफूल मध्ये एक हो । यसको नियमित सेवनले शरीरलाई आवश्यक शक्ति प्रदान गर्न मद्दत गर्छ । केराको सेवनले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउनमा फाइदाजनक हुन्छ ।

केरामा प्रशस्त मात्रामा सुक्रोजव, फक्टोज, थाइमिन, रिवोफ्लोविन, नियासिन फ्लोरिक एसिडका भिटामिन ए, बी, सी, बी६, पोटाशियमका साथै १०५ क्यालोरी हुन्छ । जुन शरीरका लागि लाभदायी र अत्यावश्यक हुन्छ ।

यसले शरीरमा बिभिन्न खालका कमजोरी तथा थकान कम गर्न मद्दत गर्छ । यदी तपाइँले शरीर कमजोर र आलश्य महसुस गर्नु भएको छ भने एउटा केरा खानुस् त्यसले तपाइँको शरीरमा ग्लुकोजको मात्रा बढाउँछ र शरीरमा थकान तथा कमजोर हटइदिन्छ र फूर्तिलो बनाउँछ ।

यसको नियमित सेवनले ब्लडप्रेशर नियन्त्रण गर्न मद्दत गर्नुका साथै शरीरमा पानीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । केराको सेवनले शरीरमा एसिडिटीको समस्याबाट बचाउँछ ।

केराको नियमित सेवनले अल्सरका बिरामीलाई फाइदाजनक हुनुका साथै पाचन प्रक्रियालाई मनबुत बनाउँछ र ग्यास्ट्रिकका बिरामीहरुका लागि लाभदायी हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *