शरीरलाई तन्दुरुस्त बनाउन चाहनुहुन्छ ? खानुस् केरा

banana1

केरा जुनसुकै बेलामा पनि पाउन सकिने फलफूल मध्ये एक हो । यसको नियमित सेवनले शरीरलाई आवश्यक शक्ति प्रदान गर्न मद्दत गर्छ । केराको सेवनले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउनमा फाइदाजनक हुन्छ ।

केरामा प्रशस्त मात्रामा सुक्रोजव, फक्टोज, थाइमिन, रिवोफ्लोविन, नियासिन फ्लोरिक एसिडका भिटामिन ए, बी, सी, बी६, पोटाशियमका साथै १०५ क्यालोरी हुन्छ । जुन शरीरका लागि लाभदायी र अत्यावश्यक हुन्छ ।

यसले शरीरमा बिभिन्न खालका कमजोरी तथा थकान कम गर्न मद्दत गर्छ । यदी तपाइँले शरीर कमजोर र आलश्य महसुस गर्नु भएको छ भने एउटा केरा खानुस् त्यसले तपाइँको शरीरमा ग्लुकोजको मात्रा बढाउँछ र शरीरमा थकान तथा कमजोर हटइदिन्छ र फूर्तिलो बनाउँछ ।

यसको नियमित सेवनले ब्लडप्रेशर नियन्त्रण गर्न मद्दत गर्नुका साथै शरीरमा पानीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । केराको सेवनले शरीरमा एसिडिटीको समस्याबाट बचाउँछ ।

केराको नियमित सेवनले अल्सरका बिरामीलाई फाइदाजनक हुनुका साथै पाचन प्रक्रियालाई मनबुत बनाउँछ र ग्यास्ट्रिकका बिरामीहरुका लागि लाभदायी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *