ट्राफिक प्रहरीलाई अक्सिजन ग्यास
काठमाडौँ (२८ बैशाख)– शङ्करअक्सिजन ग्यास प्रालिले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पाँच थान अक्सिजन ग्यास उपलव्ध गराएको छ ।
सडकमा काम गर्दा धेरै धुवाँधुलो खान बाध्य ट्राफिक प्रहरीलाई थोरै समय भए पनि स्वच्छ हावा दिने उद्देश्यले अक्सिजन ग्यास सहयोग गरेको कम्पनीले जनाएको छ ।
शङ्कर ग्यासका प्रोपाइटर शङ्करलाल अग्रवालले हिजो महानगरीय ट्राफिक महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई सो ग्यास हस्तान्तरण गरेका थिए । एक थान सिलिन्डरबाट २० घन्टासम्म अक्सिजन लिन सकिन्छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



