आज विश्व रेडक्रस दिवश मनाइदै

red cross
काठमाडौँ (२६ बैशाख ) – ‘रेडक्रस : सबै ठाउँमा, सबैका लागि’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व रेडक्रस दिवश मनाइँदैछ ।

दिवशको अवसर पारी नेपाल रेडक्रस सोसाइटीले आज विहानै देखि चेतनामूलक ¥याली, विभिन्न प्रतियोगिता तथा भूकम्प प्रतिकार्यका सहभागि विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसको अन्तर्राष्ट्रिय समिति, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र विश्वका १९० मुलुकमा सङ्गठित तथा क्रियाशील रुपमा रेडक्रस रहेको बताए । उनले अन्तर्राष्ट्रिय रेडक्रस अभियानको सदस्यका रूपमा नेपाल रेडक्रस पनि मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रूपमा सदैव क्रियाशील रहेको दावी गरे ।

सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले गत आर्थिक वर्षमा मात्र विपद् प्रभावित तथा विकासमूलक कार्यक्रमबाट ८० लाखभन्दा बढी मानिस लाभान्वित भएको जानकारी दिए ।

उनले भने,“नेरेसोको सातौँ रणनीतिक विकास योजना (सन् २०१६ देखि २०२० सम्म) ले निर्दिष्ट गरेबमोजिम सामुदायिक उत्थानशीलताका लागि बृहत् साझेदारी गर्न संस्था सधैँ तत्पर छ ।”

उनले भूकम्प उद्धार तथा आपत्कालीन सेवा र राहत वितरणका चरणपछि अहिले पुनःलाभ कार्यक्रमका चार प्रमुख कार्यक्षेत्र आवास, खानेपानी, सरसफाइ र स्वच्छता, स्वास्थ्य र जीविकोपार्जनका साथै संस्थागत विकासमा नेपाल रेडक्रस सोसाइटीले काम गर्ने योजना बनाएको बताए ।

रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ को अवसर पारेर विश्वभर विभिन्न सेवामूलक कार्यक्रम गरी विश्व रेडक्रस दिवस मनाउने परम्परा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *