नाथ्रो फुट्यो ? अपनाउनुस् घरेलु उपाय

nose bleeding

नाथ्रो फुटाई एक डरलाग्दो देखिन्छन् र धेरैजसो नाथ्रो फुटाई गम्भीर हुँदैनन् यस्तो समस्यालाई घरमै उपचार गर्न सकिन्छ ।
नाथ्रो फुटाईका किसिम पनि दुई प्रकारका छन् ।

१. एन्टेरियर नोजबिलड (नाकको अगाडिको भागबाट रक्तश्राव)

२. पोस्टेरियर नोजब्लिड (नाकको पछाडिको भागबाट रक्तश्राव)

९० प्रतिशत नाकको रक्तश्राव एन्टेरियस नोजब्लिड हुन् । जसमा नाकको अगाडिको भागको रक्त नली फुटेर रगत आउँछ । यो गम्भीर हुँदैन र घरमै समस्याको हल गर्न सकिन्छ ।

बँकी १० प्रतिशत नाकको रक्तश्राव पोस्टेरियर नोजब्लिड हुन् । यो खासगरी बृद्ध मानिसमा हुने गर्छ जसमा नाकको पछाडिको भागको रक्तनली फुटेर रक्तश्राव हुने गर्छ । यो अवस्था गम्भीर हुन सक्छ र अस्पताल र डाक्टरको सहयोगको जरुरी पर्न सक्छ ।

नाथ्रो फुट्नुका कारणहरु :

१. नाक बाहिर अथवा भित्रको भागमा बढी बल पर्नु ।

२. एस्पिरीन, वार्फारीन आदि औषधिको अत्याधिक प्रयोगले रगतलाई पातलो बनाई जम्न दिदैन यसको कारणले पनि रक्तश्राव हुन सक्छ ।

३. उच्च रक्तचाप पनि नाथ्रो फुट्नुको कारण हुन सक्छ ।

४. सुख्खा मौसममा नाकको म्युकसको तल सुक्न गई रक्तश्राव हुन सक्छ ।

अपनाउनु पर्ने घरेलु उपाय :

गम्भीर नाकको रक्तश्राव भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । तर सामान्य रक्तश्राव रोक्न भने निम्न उपाय अपनाउन सक्नुहुन्छ ।

१ शान्त रहनुस् ।

२. शरीर सिधा पारेर बस्नुस् ।

३. टाउको अगाडि ढल्काएर बस्नुस् ।

४. करीब १० मिनेटसम्म बुढीऔँला र चोरऔंलाको मद्दतले नाकको प्वाल बन्द गर्नुस् ।

५ मुखमा रगत परेको अवस्थामा बाहिर थुक्नुस् । रगत निल्नाले वान्ता हुने सम्भावना रहन्छ ।

६. रक्तश्राव बन्द भएपछि नाकमा कुनै प्रकारको दवाव, इरिटेसन आदि हुन नदिनुस् । सुख्खा हावा भएको ठाउँमा सकेसम्म नजानुस् । सुख्खा मौसममा छ भने कोठामा ह्यूमिडिफाइर को मद्दतले हावा आसिलो बनाई बस्न सक्नुहुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *