के हो लिभर सिरोसिस ? कसरी जोगिने ?

डा. सुधांशु केसी, बरिष्ठ कलेजो रोग विशेषज्ञ
डा. सुधांशु केसी, बरिष्ठ कलेजो रोग विशेषज्ञ

‘मैले रक्सी खान्न, मासु पनि खान्न, दायाँँ बायाँ पनि केही गर्दिन तर तपाईँ मलाई लिभर सिरोसिस भयो भन्नुहुन्छ ! कसरी यस्तो भयो ?’ रोग परीक्षण पश्चात विरामी र उनका आफन्तलाई ‘लिभर सिरोसिस’ भयो भन्ने जानकारी गराउदै गर्दा कतिपयबाट यस्ता प्रश्न तेर्सिने गरेको छ ।

बिरामी र तिनका आफन्तले गर्ने यहि प्रश्नबाट हामी बुझ्न सक्छौँ कि लिभर सिरोसिस रक्सी नखानेलाई पनि हुँदो रहेछ । तर बास्तविकता के हो भने सिरोसिस रक्सी खानेमा जति बढी सम्भावना हुन्छ त्यो भन्दा अत्यन्त न्युन रक्सी नखानेमा हुन्छ ।

पछिल्लो दिनमा ‘लिभर सिरोसिस’ भएर अस्पताल आउने विरामीको संख्यामा बृद्धि भएको छ । तर यो संख्या नै बृद्धि भएको हो कि जनतासंग अस्पतालको पहुच बृद्धि भएकोले गर्दा हो छुट्टयाउनै गाह्रो छ ।

पहिले मानिसहरुसंग अस्पताल र डाक्टरको पहुच नभएर कम केश देखिएको पनि हुनसक्छ । तर जेहोस अस्पतालमा आउनेको संख्या दिनानुदिन बढि रहेको छ ।

के हो लिभर सिरोसिस ?

कलेजो रोगको सबैभन्दा खतरनाक अवस्था हो ‘लिभर सिरोसिस’। विकसित देशमा ५०–६० बर्षको उमेरमा देखिने यो समस्या नेपालमा भने ३०–३५ बर्षको उमेरमा पनि देखिन थालेको छ । त्यसको कारण खानपान, जीवन शैली र कुनै बिशेष प्रकारको जिन (पत्ता लगाउन बाँकी)पनि हो कि जस्तो लाग्छ ।

सिरोसिस भन्नाले कलेजोमा देखिने कडापन हो । विभिन्न कारणले कलेजोमा लाग्ने रोगले त्यसका तन्तु र कोषिकाहरु मर्दै जान्छ । मरेका कोषिकाहरु बिगार्ने कुरालाई हटाउने हो भने फेरी जस्ताको तस्तै हुन सक्दछ । तर सही उपचार नपाउँदा  वा दैनिक जस्तो रक्सी पिउनाले बिग्रिने क्रम बढ्दै जान्छ ।

शुरुको अवस्थामा कलेजो सुन्निछ तर बिस्तारै कलेजो सुक्दै जान्छ र काम गर्न नसक्ने साना साना गाँठाहरुले कलेजोको कोषिकाको ठाउँ लिन्छ ।यसलाई लिभर सिरोसिस भनिन्छ ।

शुरुको अवस्थामा कलेजो सुन्निछ तर बिस्तारै कलेजो सुक्दै जान्छ र काम गर्न नसक्ने साना साना गाँठाहरुले कलेजोको कोषिकाको ठाउँ लिन्छ ।यसलाई लिभर सिरोसिस भनिन्छ ।

सिरोसिस यस्तो अवस्था हो जुन अवस्थामा पुगेपछि लिभरले काम गर्न छोडछ । अर्थात प्रत्यारोपण गर्नुको विकल्प छैन । यद्धपी कुनै कुनै अवस्था जस्तैः ‘हेपाटाइटिस वि’ ले गराएको र समयमै त्यसको उपचार भएको खण्डमा कहिले काही निको भएको उदाहरण पनि छ । तर यो एकदमै दुर्लभ केश हो ।

_MG_4744

लिभर सिरोसिसको प्रमुख कारण रक्सी

नेपाल र विश्वका धेरै देश हरुमा लिभर सिरोसिस हुनुको प्रमुख कारण रक्सी सेवन नै हो । नियमित रुपमा खाने रक्सीले कलेजो सुन्निदै जान्छ । किनभने रक्सीको मात्रा बढेसंगै कलेजोमा बोसो जम्दछ । बोसो जमेपछिको अवस्थामा जण्डिस देखा पर्ने गर्दछ । यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस’ भनिन्छ ।

यस् अवस्थाबाट बिरामी बाँचेमा र रक्सी सेवन अझै गरेमा लिभर सिरोसिस हुन्छ । एकै बिरामीमा यि तिनै अवस्था अथवा बोसो जम्नु, जण्डिस देखिनु र सिरोसिस हुन पनि सक्दछ ।

चिकित्सा विज्ञानले पुरुषहरुमा ८० ग्राम अल्कोहोल लगातार १० बर्ष सम्म खायो भने त्यसले कलेजोमा समस्या निम्त्याउन सक्छ भन्ने छ । महिलामा भने ४० ग्राम मात्रै खाएपनि सो समस्या देखिन्छ । महिलाको पेटमा रक्सीलाई पचाउने एक किसिमको इन्जाइम हुन्छ, त्यो कम हुन्छ । महिलाहरुको शरीरमा धेरै हुन्छ भने शरीरमा पानी कम हुन्छ । पानी कम् हुनाले रक्सी र रक्सी बाट बन्ने पदार्थको मात्रा शरिरमा धेरै थुप्रिन जानाले कलेजोमा तत्कालै धेरै असर देखिन्छ ।

चिकित्सा विज्ञानले पुरुषहरुमा ८० ग्राम अल्कोहोल लगातार १० बर्ष सम्म खायो भने त्यसले कलेजोमा समस्या निम्त्याउन सक्छ भन्ने छ । महिलामा भने ४० ग्राम मात्रै खाएपनि सो समस्या देखिन्छ ।

रक्सी सेवन गरेको १० बर्ष पछि बल्ल कलेजोमा असर देखिने भएकोले यो रोग आजको भोली नै देखिने खालको होइन । उमेर छिप्पीदै जाँदा अर्थात ४०–५० बर्ष कटेपछि देखिने रोग हो । तर नेपालमा भने ३० बर्ष नपुगेका युवाहरु ‘लिभर सिरोसिस’ भएर आएका प्रसस्तै उदाहरण छन् ।

अनियन्त्रीत रक्सी सेवन यसको प्रमुख कारणहो । हामी कहाँ कतिपय ग्रामिण क्षेत्रमा अहिले पनि विहानै उठेर रक्सी खाने र खेतबारीमा काम गर्न जाने चलन छ । यस्तो चलन अपनाउने धेरै जना लिभर सिरोसिस भएको पाएको छु । त्यसैले यस्तो चलनलाई परिमार्जन गर्नु जरुरी छ । त्यसबाहेक अरु वंशाणुगत कारण पनि हुन सक्छन ।

रक्सी मासु नखानेलाई कसरी हुन्छ सिरोसिस ?

लिभर सिरोसिस हुनुमा सबैभन्दा प्रमुख कारण रक्सी नै हो । हामीकहाँ आउने केसमा अधिकान्स रक्सी सेवनकै कारण भएको पाइएको छ । तर त्यस बाहेक अन्य कारणले पनि लिभर सिरोसिस गराउछ । रक्सी पछि सिरोसिस हुने कारण भाइरल हेपाटाइटिस हो ।

भाइरल हेपाटाइटिस पनि दुई थरीको हुन्छ हेपाटाइटिस वि र सी । त्यसले क्रोनिक हेपाटाइटिस गर्दछ,अर्थात लामो समयसम्म रोग लगाउने काम गर्छ र अन्तमा लिभर सिरोसिस समेत गराउछ ।

रक्सी र भाईरस बाहेक लिभर सिरोसिस गराउने रोग हरुमा ‘अटोईम्युन हेपाटाइटिस, प्राइमरी बिलियरी सिरोसिस, विलसन डिजिज, हेमोक्रोमाटोसिस, बड्चियारि सिन्ड्रोम आदी पर्दछन ।

_MG_4733

सिरोसिस गराउने अर्को कारण फ्याटी लिभर 

त्यस्तै कलेजो समस्या बढाउनेमा अहिले नयाँ रोगको उदय भएको छ  फ्याटी लिभर । हाम्रो देशमापछिल्लो समय एकदमै बढी छ फयाटी लिभर ।पहिले यसलाई खासै महत्व दिइदैन थियो तर अहिले यसले लिभर सिरोसिस पनि गर्न सक्ने भएकोले विश्व भरी नै चर्चा कमाउने गरेको छ।

कलेजोमा बोसो जम्ने अवस्था नै फयाटी लिभर हो । साधारणतया लिभरमा बोसो हुँदैन । जब बोसो जम्छ लिभर सुन्निदै जान्छ र लिभरको सेलहरु मर्दै जान्छ । त्यसले गर्दा लिभर मास्टियाटो हेपाटाइटिस रोग निकाल्छ । त्यसपछि उपचार नगर्ने हो भने  लिभर सिरोसिस हुन्छ र लिभर क्यान्सर समेत हुन सक्दछ।

कलेजोमा बोसो जम्ने अवस्था नै फयाटी लिभर हो । साधारणतया लिभरमा बोसो हुँदैन । जब बोसो जम्छ लिभर सुन्निदै जान्छ र लिभरको सेलहरु मर्दै जान्छ । त्यसले गर्दा लिभर मास्टियाटो हेपाटाइटिस रोग निकाल्छ । त्यसपछि उपचार नगर्ने हो भने  लिभर सिरोसिस हुन्छ र लिभर क्यान्सर समेत हुन सक्दछ।

फ्याटी लिभर छ भने सिरोसिस हुन रक्सी खानुपर्दैन । शरीरमा धेरै मोटो छ, डाइविटीज छ भने , शारीरिक व्यायम केही गर्दैन भने पनि फ्याटी लिभर भएर अन्त्यमा लिभर सिरोसिस हुनसक्छ ।

औषत मानिसको कलेजोको तौल डेढ किलो हुन्छ । तर जब मानिस अनियन्त्रीत रुपमा रक्सी सेवन गर्छ , हेपाटाइटिसको समयमै उपचार गर्दैन वा फ्याटीलिभरको समस्या थाह पाउदैन तब कलेजो कलेजो  जान्छ ।

साइलेन्स किलर रोग

यो यस्तो रोग हो, जुन अन्तिम अवस्था पुग्दा पनि थाह हुदैन । अर्थात साइलेन्स किलर रोग भन्दा पनि हुन्छ । भित्रभित्रै कलेजो विगार्ने रोग । जतिवेला मानिस उपचारका लागि आउछ त्यतिवेला निकै ढिला भइसकेकेो समेत हुनसक्छ । त्यसैले अहिले धेरै मानिसहरु पहिले नै सचेत भएर शरीरका हरेक अंगको परीक्षण गराइरहेका छन् । जुन राम्रो पनि हो ।

उपचारका लागि समयमै सहि ठाँउमा नपुग्दा समस्या

अहिले पनि अधिकांश मानिसहरु जण्डीस भयो भने पहिले बैद्य कहाँ जान्छन, त्यसपछि आयुवेैदिक अस्पताल ।

रक्सी धेरै पिउने मानिसहरुमा अल्कोहोलिक हेपाटाइटिस भएर जण्डिस हुने गर्दछ । यस अवस्थामा परम्परगात औषधी गर्ने, जडिबुटी खाने, नाइटोमा लेप लगाउने आदी गर्दा रोग बिग्रिदै जाने गर्दछ । यस्ता बिरामीहरु प्राय गाह्रो हुन  थालेपछि अस्पताल तथा कलेजोरोग विशेषज्ञ खोज्दै आउछन ।बिरामी अन्तिम अवस्थामा पुगेपछि त्यसरी उपचार गर्नेहरुले  ‘तपाईको जण्डीस त निको हुन्छ तर सुनिएको भागको उपचार गराउन डाक्टर कहाँ जानपर्ने भो; भन्दा रहेछन् ।

त्यतिन्जेलसम्म कतिपयको अवस्था निकै ढिलो भइसकेको हुन्छ। सुरुमै आउदा सजिलै निको हुने रोग अन्यत्र डुल्दा डुल्दै छिपिसकेको हुन्छ। कहिलेकाही यसरी डुल्दा डुल्दै सिरोसिसको अवस्थामा समेत पुगेर आएका उदाहरण छन् । 

रक्सी नखानुनै उत्तम

कतिपयले सोध्दछन कति मात्रामा रक्सी खादा शरीरलाई असर गर्दैन ? मैले भन्छु खान सुरु गरेपछि को लिमिटमा बस्छ र ? तर पनि मसंग कतिपयले कर गरिहरेका हुन्छन । म के भन्छु भने रक्सीले गर्ने असर शरीरमा भएका अन्य रोगबाट पनि निर्धारण हुन्छ ।

एउटा कलेजो रोग विशेषज्ञको नाताले मेरो सुझाव सकेसम्म रक्सी नखानुनै बेस । यदी खान नछोडने नै हो भने ३–४ दिन बिराएर  खानु । त्यसो गर्दा रक्सीले बिगारेको कलेजो पुन स्वस्थ बन्छ ।

मेरो सुझाव सकेसम्म रक्सी नखानुनै बेस । यदी खान नछोडने नै हो भने ३–४ दिन बिराएर  खानु । त्यसो गर्दा रक्सीले बिगारेको कलेजो पुन स्वस्थ बन्छ ।

नियमित रक्सीले विगार्ने कलेजो केही दिन रक्सी खान छाडने हो भने पुरानै अवस्थामा काम गर्न पनि सक्छ । त्यसैले खानेहरुले दैनिक नखानु । केही समय ग्याप गर्नु । तर अझै पनि भन्छु यो पिउँदै नपिएको बेश ।

 # बरिष्ठ कलेजोरोग विशेषज्ञ डा. केसीलाई बीर अस्पताल तथा नर्भिक अस्पतालमा भेटन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *