अल्जाइमर्स र पार्किन्सस रोगको उपचारमा पनि विपन्नले सुविधा लिएनन्

नेपाली हेल्थ / काठमाडौँ – सरकारले विपन्न नागरिकलाई उपचारका लागि अनुदान उपलव्ध गराएका १० वटा जटिल रोग मध्ये दुईवटा रोग हुन अल्जाइमर्स र पार्किन्सस ।

aljaimar

यो रोग लागेका विपन्न नागरिकले सूचीकृत अस्पतालमा उपचार गराए एक लाख रुपैयाँ सरकारले तिरिदिन्छ । तर स्वास्थ्य सेवा विभागमा यी दुई रोगको उपचार गराउन सहयोग लिन जाने विपन्न नागरिकको सूची एकदमै सानो छ ।

विपमन नागरिक औषधि उपचार कोषका फोकलपर्सन प्रकाश घिमिरे भन्छन् । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा अल्जाइमर्स रोगको उपचारका लागि नयाँ दुईवटा र पुरानो एक केस मात्रै आएको थियो । पार्किन्सस रोगको उपचार गराउन पनि नयाँ दुईवटा र पुरानो दुईवटा केस आएको थियो ।

त्रिवि शिक्षण अस्तपालका स्नायुरोग विशेषज्ञ डा जगदीश अग्रवाल विपन्न नागरिकहरुले यस्तो सुविधा छ भन्ने जानकारी नपाएर उपचारकै पहुचमा नआएको समेत हुन सक्ने बताउछन् । उनले विपन्नका उपचारका लागि उपलव्ध गराएको राहतबारेको जानकारी स्थानीय तहसम्म पुरयाउनुपर्ने बताए ।

सरकारले अल्जाइमर्स र पार्किन्सस रोगको उपचारका लागि बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई विपन्न नागरिकको उपचार गर्ने अस्पतालको रुपमा सूचीकृत गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा रहेको विपन्न नागरिक औषधि उपचार सिफारिस समितिले गरेको सिफारिसको आधारमा तोकिएको अस्पतालमा गई उपचार गराउनेले तिर्नुपर्ने रकममा एक लाख रुपैया कम तिरे पुग्छ । यो रकम सरकारले व्यक्तिलाई नभई अस्पतालको खातामा पठाउछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com