कान्तिपुर जनरल हस्पिटलमा मधुमेहको परीक्षण सित्तैमा

0
Shares

kdc&general

काठमाडौँ २६ कात्तिक

विश्व मधुमेह दिवसको अवसर पारी बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलले आम सर्वसाधारणको लागि सित्तैमा मधुमेह रोग परीक्षणको व्यवस्था गरेको छ । अस्पतालमा परिसरमा आगामी २९ गते विहान ७ बजे देखी अपरान्ह ४ बजेसम्म मधुमेह परीक्षणको व्यवस्था गरिएको हो ।

अस्तपालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विश्व मधुमेह दिवस शनिबार नै परेपनि नेपालीहरुको महान चाड तिहारको रौनक नसकिने भएकोले एक दिन ढिला गरी आइतबार सिविर राख्न लागिएको जानकारी दिए । उनले व्लडमा सुगर फास्टि र पोष्टपारान्डाइल व्लड टेष्ट ( पीपी )को परीक्षण सित्तैमा दिन लागिएको बताए ।

सामाजिक उत्तरदायित्व अन्तरर्गत सो अस्पतालले विभिन्न दिवस, तथा समारोह वा आवश्यकताका आधारमा नियमित जस्तो निशुल्क स्वास्थ्य सिविर राख्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *