Author
Nepali Health

सुर्तीजन्य पदार्थ प्रवर्धन गर्ने विज्ञापनमा अमिताभ बच्चन नै खेलेपछि….

नयाँ दिल्ली । बलीउडका महानायक अमिताभ बच्चन सूर्तिजन्य पदार्थको विज्ञापनमा मोडलिङ गरेपछि विवादमा मुछिएका छन् । सुर्तीजन्य पदार्थ विरोधी अभियन्ता तथा संस्थाहरुले उनलाई सुर्तीजन्य पदार्थको प्रयोगलाई प्रवर्धन गर्ने विज्ञापनबाट हट्न आग्रह गरेका छन् ।

नेपाल रेडक्रसलाई चिनियाँ रेडक्रसले दियो १ लाख डोज भेरोसेल

काठमाडौँ, ८ असोज । नेपाल रेडक्रस सोसाइटी चीनबाट एक लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल प्राप्त गरेको छ । चिनियाँ रेडक्रसले अनुदान सहयोगमा नेपाल रेडक्रसलाई सो परिमाणमा खोप उपलव्ध गराएको हो ।

शुक्रबार थप १४७६ जनामा कोरोना संक्रमण, १५५० जना संक्रमणमुक्त

काठमाडौँ, ८ असोज। पछिलो चौबिस घण्टामा देशभर १ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ५५० जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

एक लाख ६३० डोज फाइजर खोप दशैं अघि नै आउँदै

काठमाडौँ, ८ असोज । बालबालिकाहरुका लागि समेत दिन मिल्ने भनिएको कोभिडबिरुद्धको अमेरिकन खोप फाइजरको एक लाख ६३० डोज दशै अघि नै नेपाल आउने निश्चित भएको छ । यसरी आउने एक लाख डोज खोप नेपालले कोभ्याक्स सुविधा अन्तरगर्त पाउन लागेको हो ।

भारतमा थप ३१ हजार नयाँ संक्रमित

नयाँ दिल्ली ८ असोज । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यो सँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताए ।

अर्थ मन्त्रालयको प्रष्टोक्ति– स्यानिटरी प्याडमा कर थपिएको छैन

काठमाडौं, ८ असोज । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ।

कोशी अस्पतालमा २५ जना नर्सका लागि जागिरको अवसर

विराटनगर, ८ असोज । कोभिड विरामीको उपचार गर्न १ नम्बर प्रदेश सरकारले विराटनगरस्थित कोशी अस्पतालका लागि २५ जना नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।