जङ्गली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

48
Shares

काठमाडौँ, २८ साउन । जङ्गली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् ।

रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।

रेसुंगा सामुदायिक जङ्गलबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा च्याउ खाएर बिरामी परेका हुन् ।

गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *