जङ्गली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

48
Shares

काठमाडौँ, २८ साउन । जङ्गली च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन् ।

रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।

रेसुंगा सामुदायिक जङ्गलबाट ल्याएको च्याउ खाएका उनीहरू राती बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा च्याउ खाएर बिरामी परेका हुन् ।

गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *