नेपालमा १ हजार ५ सयभन्दा बढीमा डेंगी संक्रमण

56
Shares

काठमाडौँ, ३० असार । नेपालमा १ हजार ५ सयभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार ५ सय ४४ जनामा डेंगी संक्रमण देखिएको हो ।

पछिल्लो चारदिन यता भने देशभर ६१ जना डेंगी संक्रमित थपिएको ईडीसीडीले जनाएको छ ।

यो वर्ष ७३ जिल्लामा फैलिएको डेंगी सबैभन्दा बढी काठमाडौँ जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, तनहुँमा ५३, ओखलढुंगामा ५३ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *