डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : स्वास्थ्य मन्त्री यादव

काठमाडौँ, २० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सक र नर्सहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले सरकारले लिने परीक्षा जालझेलरहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताए ।
बैठकमा मन्त्री यादवले देशभर खटिएका ५० हजारभन्दा बढी स्वयंसेविकाको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए ।
”जुन प्रकारले मेडिकल अफिसर, स्टाफ नर्सको नेपाल सरकारले लाइसेन्सको परीक्षा लिन्छ, नतिजा निकाल्छ । जुन लाइसेन्स दिइरहेका छौँ । त्यो एकदमै टाइट छ । त्यसमा कुनै जालझेल छैन । एकदमै फेयर छ । लाइसेन्स निकालेर जुन डाक्टरसाव, स्टाफ नर्स, एचए जो स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरूले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन,” उनले भने ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

