डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : स्वास्थ्य मन्त्री यादव

164
Shares

काठमाडौँ, २० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सक र नर्सहरुको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्  । उनले सरकारले लिने परीक्षा जालझेलरहित रहेकाले चिकित्सक र नर्सहरु दक्ष रहेको बताए ।

बैठकमा मन्त्री यादवले देशभर खटिएका ५० हजारभन्दा बढी स्वयंसेविकाको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए ।

”जुन प्रकारले मेडिकल अफिसर, स्टाफ नर्सको नेपाल सरकारले लाइसेन्सको परीक्षा लिन्छ, नतिजा निकाल्छ । जुन लाइसेन्स दिइरहेका छौँ । त्यो एकदमै टाइट छ । त्यसमा कुनै जालझेल छैन । एकदमै फेयर छ । लाइसेन्स निकालेर जुन डाक्टरसाव, स्टाफ नर्स, एचए जो स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरूले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन,” उनले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *