तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु

100
Shares

tama

पाँचथर, ७ भदौ – बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरको नागिन–३ स्थित मालबासें भन्ने स्थानमा आज एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई रहेका छन् । घरमा बनाइराखेको भालुबाँस जातको तामाको अचार खाँदा उनीहरु बिरामी भएका थिए ।

उक्त अचार खाएको केही समयमै दुवै बालबालिका बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो । तर स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर ल्याइँदै गरेको प्रहरीले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *