तामाको अचार खाँदा पाँचथरमा दुई बालबालिकाको मृत्यु
पाँचथर, ७ भदौ – बाँसको तामाबाट बनाएको अचार खाँदा पाँचथरको नागिन–३ स्थित मालबासें भन्ने स्थानमा आज एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई रहेका छन् । घरमा बनाइराखेको भालुबाँस जातको तामाको अचार खाँदा उनीहरु बिरामी भएका थिए ।
उक्त अचार खाएको केही समयमै दुवै बालबालिका बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो । तर स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पाँचथर ल्याइँदै गरेको प्रहरीले जनाएको छ । रासस
सम्पर्क इमेल : [email protected]