सरकारी अस्पतालको सेवा प्रवाहमा सुधार गर्न सांसद बरालको माग

28
Shares

काठमाडौँ, ३१ जेठ । नेकपा (एमाले) की सांसद सुनिता बरालले सरकारी अस्पतालको सेवा प्रवाहमा सुधारको माग गरेकी छन्  ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद बरालले सो कुरा बताएकी हुन् ।

सांसद बरालले अहिलेपनि सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल त्यस्तो बाधा हटाउन सरकारको ध्यानाकार्षण गराएकी छन्  ।

उनले भनिन्, आज हाम्रा सर्वसाधारण नागरिकहरू सरकारी अस्पतालमा घण्टौं लाइन बस्नुपर्ने अवस्था छ । ९ बजे ओपीडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ती नागरिकहरूका लागि सोच्नुपर्ने अवस्था छ । दुई–चारवटा काउन्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक–पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *