सर्पदंशका बिरामी बढ्दै

40
Shares

राजविराज, २१ साउन – केही दिनयता गर्मीसँगै लगातार परेको वर्षाका कारण सप्तरीमा सर्पदंशका घटना बढ्दै गएका छन् ।

राजविराजस्थित गजेन्द्रनाराययण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक पाँचदेखि छजना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

जिल्लाका विभिन्न भागमा केही दिनयता वर्षासँगै बढेको गर्मीका कारण सर्पदंशका बिरामी बढेको अस्पतालका दर्ता शाखाका कर्मचारी तारानन्द झाले बताए ।

यसैबीच अञ्चल अस्पतालमा सर्पदंशमा प्रयोग गरिने ‘एन्टी भेनम’ नामक औषधि अवश्यकताअनुसार मौज्दात रहेको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *