सर्पदंशका बिरामी बढ्दै
राजविराज, २१ साउन – केही दिनयता गर्मीसँगै लगातार परेको वर्षाका कारण सप्तरीमा सर्पदंशका घटना बढ्दै गएका छन् ।
राजविराजस्थित गजेन्द्रनाराययण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक पाँचदेखि छजना सर्पदंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
जिल्लाका विभिन्न भागमा केही दिनयता वर्षासँगै बढेको गर्मीका कारण सर्पदंशका बिरामी बढेको अस्पतालका दर्ता शाखाका कर्मचारी तारानन्द झाले बताए ।
यसैबीच अञ्चल अस्पतालमा सर्पदंशमा प्रयोग गरिने ‘एन्टी भेनम’ नामक औषधि अवश्यकताअनुसार मौज्दात रहेको अस्पतालले जनाएको छ । रासस