आँखाका रोगी बढ्दै

52
Shares

eye enfactions

सप्तरी, १६ साउन –  केही दिनयता सप्तरीसहित पूर्वका जिल्लामा अत्यधिक गर्मीसँगै वर्षा हुँदा जिल्लामा आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सप्तरीको सदरमुकाम राजविराजदेखि दुई किमी उत्तरपट्टि पर्ने मलेठ गाविसमा अवस्थित रहेको सगरमाथा चौधरी आँखा अस्पतालमा अहिले आँखा पाक्ने, मोतियाबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटिस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउनेजस्ता दैनिक ८० देखि ९० जना बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताए ।

सो अस्पतालमा प्रत्येक दिन दैनिक ५० देखि ६० जना बिरामी जाँच गरे पनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले जानकारी दिए ।

-रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *