आँखाका रोगी बढ्दै

eye enfactions

सप्तरी, १६ साउन –  केही दिनयता सप्तरीसहित पूर्वका जिल्लामा अत्यधिक गर्मीसँगै वर्षा हुँदा जिल्लामा आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सप्तरीको सदरमुकाम राजविराजदेखि दुई किमी उत्तरपट्टि पर्ने मलेठ गाविसमा अवस्थित रहेको सगरमाथा चौधरी आँखा अस्पतालमा अहिले आँखा पाक्ने, मोतियाबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटिस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउनेजस्ता दैनिक ८० देखि ९० जना बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताए ।

सो अस्पतालमा प्रत्येक दिन दैनिक ५० देखि ६० जना बिरामी जाँच गरे पनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले जानकारी दिए ।

-रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *