कान्तिपुर डेन्टलद्धारा ३९६ जनाको नि:शुल्क दन्त परीक्षण

544
Shares

kdc4

काठमाडौँ, १४ साउन – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलको टोलीले शुक्रबार ३९६ जनाको निशुल्क दन्त परीक्षण गरेको छ ।

डा. स्मिता ढकालको नेतृत्वमा १७ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शुक्रबार मनमैजुस्थित अभियान पव्लिक स्कुल परिसरमा निशुल्क दन्त स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । उक्त शिबिरमा ३४० जना विद्यार्थी र ५६ जना स्थानीयले दन्त परीक्षण गराएका थिए ।

kdc1

टोलीको संयोजक डा. ढकालका अनुसार परीक्षणका लागि आएका लगभग सबैको कुनै न कुनै दन्त समस्या भेटिएको थियो । त्यसमा पनि सबैभन्दा बढी दाँतमा किरा लाग्ने र गिजा सुन्निने समस्या बढि थियो ।

स्वास्थ्यकर्मीहरुले दन्त परीक्षणका लागि आएकाहरुलाई परीक्षणसंगै दाँत स्वास्थ्य राख्ने उपायका बारेमा प्रशिक्षण समेत दिएका थिए ।

kdc2

kdc3

kdc5

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *