अस्पतालमा फलफूल वितरण

0
Shares

विराटनगर, ८ साउन –  बालाजी वाबुसा ट्रष्टअन्तर्गतका वाबुसा महिला मन्चले आज बिहान विराटनगरस्थित कोसी अञ्चल अस्पतालका बिरामीलाई फलफूल  वितरण गरेको छ ।

सो अवसरमा वाबुसा महिला मन्चकी अध्यक्ष सम्पा चक्रवर्तीले फलफूल वितरण कार्यक्रमको शुभारम्भ गरिन्।

बालाजी ट्रष्टका अध्यक्ष सुनील विडला, महेन्द्र सेठीयालगायत दर्जनौं व्यक्ति फलफूल वितरण कार्यक्रममा सहभागी भएका थिए । उक्त अवसरमा अस्पतालमा रहेका ३२५ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

समाजसेवा समर्पित यस संस्थाले खासगरी शनिबारका दिन गरिबलाई भोजन गराउने लगायतका समाजसेवी काम गर्दै आइरहेका छन् ।

-रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *