अस्पतालमा फलफूल वितरण

विराटनगर, ८ साउन –  बालाजी वाबुसा ट्रष्टअन्तर्गतका वाबुसा महिला मन्चले आज बिहान विराटनगरस्थित कोसी अञ्चल अस्पतालका बिरामीलाई फलफूल  वितरण गरेको छ ।

सो अवसरमा वाबुसा महिला मन्चकी अध्यक्ष सम्पा चक्रवर्तीले फलफूल वितरण कार्यक्रमको शुभारम्भ गरिन्।

बालाजी ट्रष्टका अध्यक्ष सुनील विडला, महेन्द्र सेठीयालगायत दर्जनौं व्यक्ति फलफूल वितरण कार्यक्रममा सहभागी भएका थिए । उक्त अवसरमा अस्पतालमा रहेका ३२५ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

समाजसेवा समर्पित यस संस्थाले खासगरी शनिबारका दिन गरिबलाई भोजन गराउने लगायतका समाजसेवी काम गर्दै आइरहेका छन् ।

-रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *