उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड मन्त्री निवासमा

काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि प्रधानमन्त्री दाहाल छोरीहरु रेनु र गंगा दाहाललाई लिएर आज पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले मन्त्री श्रेष्ठलाई स्वास्थयलाभको कामना गरेका थिए ।
हालै चीनका भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठलाई माइल्ड हर्ट एट्याक भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचार भएको थियो । चीनमा पाँच दिनको अस्पताल बसाईपनि उनी हिजो स्वदेश फर्किएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




