लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गर्‍यो स्वास्थ्य सम्बन्धी सात निर्णय

588
Shares

दाङ, १ कात्तिक । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यका विषयमा सातवटा नीतिगत निर्णय गरेको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यका विषयमा दीर्घकालीन महत्व राख्ने सातवटा महत्वपूर्ण निर्णय गरेको गृह मन्त्री समेत रहेका सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए ।

उनले जनताको पक्षमा केही महत्वपूर्ण निर्णय गरेको भन्दै यसले प्रदेशवासीलाई ठूलो सहयोग हुने दावी गरे ।

के के भयो सात वटा निर्णय ?
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृह मन्त्री पाण्डेयले बुधबारको बैठकले पहिलो नम्बरमा सिक्कलसेल एनिमिया र हेमोफिलियाका बिरामी र परिवारलाई निशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि – २०८० स्वीकृत गरेको बताए ।

उनले आजकै बैठकले आँखाको नानी निशुल्क प्रत्यारोपण गर्नका लागि सोधभर्ना सम्वन्धी कार्यविधि – २०८० पनि स्वीकृत गरेको जानकारी दिए ।

यसैगरी ४० बर्ष भन्दा माथिको लागि नसर्ने रोगहरु (मधुमेह, उच्च रक्तचाप र मिर्गौला)को स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि – २०८० पनि स्वीकृत गरेको छ ।

यस्तै मन्त्री पाण्डेयले चौथो निर्णयको रुपमा जेष्ठ तथा अति अशक्त नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यरविधि – २०८० पनि स्वीकृत भएको जानकारी दिए ।

यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन नविकरण तथा स्तरोन्नती चौथो संसोधन नियमावली  -२०८० पनि स्वीकृत भएको छ ।

यसैगरी अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली – २०८० स्वीकृत गरेको छ ।

यस्तै प्रदेश सरकार अन्तरगर्त रहेका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरु खारेज गर्ने र खारेजीको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गर्‍यो स्वास्थ्य सम्बन्धी सात निर्णय

  1. Better to include Prostate screening in male and Breast cancer and cervical cancer screening in female.

Leave a Reply

Your email address will not be published. Required fields are marked *