गाजाको अस्पतालमा भएको आक्रमणप्रति एमालेद्धारा निन्दा

60
Shares

काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले इजराइल र प्यालेस्टाइनको हमास समूहबीच भएको युद्धको क्रममा गए राती गाजा क्षेत्रको एक अस्पतालमा भएको आक्रमण प्रति निन्दा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक विज्ञप्ती जारी गर्दै आक्रमणको निन्दा गरेको हो ।

गएराती गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी त्यहाँ उपचार गराईरहेका बिरामी, उपचारमा सम्लग्न चिकित्सक तथा सवस्थ्यकर्मी र त्यहाँ आश्रय लिएका निहत्था परिवारका सदस्यहरु गरी ५०० बढीको ज्यान गएको छ ।

एमालेले आफूृ सधै शान्तिको पक्षमा रहेको बताउँदे जुनसुकै खाले द्धन्द र समस्याको समाधान शान्तिपूर्णं वार्ताद्धारा हुनु पर्ने मान्यता रहेको स्पष्ट पारेको छ । उसले निहत्था नागरिक, अस्पतालमा उपचार गराईरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरि गरिएको आक्रमणबाट अन्तराष्ट्रिय कानून, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लंघन भएको बताएको छ ।

एमालले यस किसिमको क्रुर र अमानवीय आक्रमण तत्काल रोकिनु पर्छ भन्दै निहत्था नागरिकलाई सुरक्षित गर्न तथा उद्धार तथा आपतकालीन सहयोगको लागि गाजा पट्टीमा मानवीय सहायत प्रदायकहरु जानका लागि अनुमति दिनु पर्छ भन्ने मान्यता राखेको समेत उल्लेख गरेको छ ।

इजरायल र हमासबीच पछिल्लो १२ दिन देखि भएको युद्धमा ५ हजार बढीको ज्यान गईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *