डब्लुएचओ दक्षिण पूर्वी एशिया क्षेत्रको नेतृत्व गर्न कसिएका दुई उम्मेद्धार प्रत्यक्ष बहसमा उत्रिदै

128
Shares

काठमाडौँ, १ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्र (सेरो)को नेतृत्व गर्न कस्सिएका दुई उम्मेद्धारहरु आज आमने सामने हुँदैछन् । चुनावी पारदर्शीतालाई बलियो बनाउन भन्दै डब्लुएचओ सेरोले आज दुई जना उम्मेद्धारलाई प्रत्यक्ष फोरममा उपस्थित गराउन लागेको हो ।

यसपटक डब्लुएचओ सेरोको नेतृत्व गर्न नेपालका तर्फबाट प्रस्तावित डा शम्भूप्रसाद आचार्य र बंगलादेश साइमा बाजेदले उम्मेद्धारी घोषणा गरेका छन् ।

भारतको समय अनुसार अहिले विहान साढे ११ बजे हुने प्रत्यक्ष सम्वाद कार्यक्रममा यी दुई उम्मेद्धारहरुले आफ्ना चुनावी एजेण्डाहरु प्रस्तुत गर्नेछन् । भुटानका स्वास्थ्य मन्त्री दासो देचेन बाङ्गमोको अध्यक्षतामा हुने प्रत्यक्ष सम्वाद कार्यक्रममा यी दुई उम्मेद्धारलाई आफ्नो एजेण्डा प्रस्तुत गर्न २० – २० मिनेटको समय दिईएको छ ।

उनीहरुले सो अवसरमा खासगरी दक्षिणपूर्वी एशियामा डब्लुएचओको मुख्य जनादेशहरु पुरा गर्न क्षेत्रीय निर्देशकको रुपमा के हासिल गर्न चाहन्छन भन्ने दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

भर्च्युअल रुपमा हुने कार्यक्रममा सदस्य राष्ट्रहरुले उनीहरुलाई प्रश्न सोध्नेछन् र उनीहरुले जवाफ दिनेछन् । डब्लुएचओले यो कार्यक्रमले उम्मेद्धारहरुसंग परिचित हुन र उनीहरुको मूल्यांकन गर्न समेत सदस्य राष्ट्रहरुलाई सजिलो हुने बताइएको छ ।

कार्यक्रममा प्रत्येक प्रश्न सोध्नका लागि १ मिनेटको समय दिइएको छ भने र उत्तर दिनका लागि तीन मिनेटको समय तोकिएको छ ।

आगामी ३० अक्टोबर देखि २ नोभेम्बर सम्म भारतको नयाँ दिल्लीमा चल्ने सेरो बैठकबीच हुने निर्वाचनले यी दुई मध्ये एक जनालाई नेतृत्वमा लैजाने छ ।

डब्लुएचओ सेरोमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, मालदिब्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार गरी ११ सदस्यीय राष्ट्र छन् । यी मध्ये म्यानमारले यसपटक भोटमा सहभागी हुन पाउने छैन् । संयुक्त राष्ट्रसंघले त्यहाँको जुन्ता सकारलाई आधिकारिता नदिएका कारण डब्लुएचओको क्षेत्रीय निर्देशक छनौट गर्ने मतदानमा सहभागीता हुन नपाउने भएको हो । त्यसैले छ वटा देशले समर्थन गर्ने व्यक्ति निर्देशक बन्ने छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *