प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य परीक्षणको रिपोर्ट नर्मल, अस्पतालबाट डिस्चार्जको तयारी

72
Shares

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य देखिएको छ । दिउसो देखि छातीमा असहज महसुस भएपछि साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याई भर्ना गरिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा युवराज शर्माले नर्भिकमा गरिएको परीक्षण रिपोर्ट सबै नर्मल आएको बताए ।

‘मुटुमा समस्या छ कि भनेर कोरोनरी एन्जीयोग्राम गरेका थियौँ । सब क्लियर छ । कुनै अवरोध छैन् । अर्थात नर्मल छ,’ उनले भने ।

स्वास्थ्य अवस्था सामान्य देखिएपछि आजै बालुवाटार फर्कने उनले बताए ।

यता प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले पनि स्वास्थ्य सामान्य भएको भन्दै आजै निवास फर्किने बताए । उनले प्रधानमन्त्रीको स्वास्थ्य बारे चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *