गेटा मेडिकल कलजेले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने

448
Shares

काठमाडौँ, ३० असोज। कैलालीको गेटा मेडिकल कलजेले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अनुसार भोलि बुधबार देखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन ल्याउन लागिएको हो ।

मंगलबार अस्पतालका निर्देशक डा. प्रमोद जोशीले पत्रकार सम्मेलनमार्फत १ सय शैय्या क्षमताको अस्पताल सञ्चालनका लागि सबै तयारी पूरा भएर भोलिबाट संचालनमा ल्याउने जानकारी दिएका छन् ।

स्वास्थ्य सेवा विभागले आधारभूत सेवा सञ्चालन गर्न गेटा मेडिकल कलेजललाई आवश्यक पर्ने उपकरण उपलब्ध गराइसकेको छ । बुधबारदेखि ओपीडी सेवा दिने अस्पतालले क्रमशः आकस्मिक सेवा, आईसीयू सेवा, हाडजोर्नी तथा नसारोग, जनरल सर्जरी, स्त्रीरोग सेवा, अल्ट्रासाउड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालन गरिने जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *