नेपालमा ३५ हजार भन्दा बढीमा डेंगु संक्रमण, २० जनाको मृत्यु

84
Shares
Dengu

काठमाडौँ, २१ असोज । नेपालमा  गत जनवरीयता हालसम्मको अवधिमा ३५ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३५ हजार ४९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये २० जनाको मृत्यु भएको छ ।

डेंगु सङ्क्रमण देशका ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

संक्रमण देखिएका जिल्लामध्ये सबै भन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा रहेका छन । सुनसरीमा १६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै धादिङमा ३ हजार १२०, तनहुँमा ३ हजार ११७, मोरङमा २ हजार २७०, कास्कीमा ७६९, काठमाडौँमा ७५१, सङ्खुवासभामा ४९३, कैलालीमा ४६७, धनकुटामा ४४२ , जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६२० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ७८० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ४ हजार ३५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार २१, मधेस प्रदेशमा ५७७, लुम्बिनी प्रदेशमा ५२५ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *