एमालेको गण्डकी प्रदेश कमिटिमा उठेका डा. बुद्धिमान सबैभन्दा बढी मतका साथ बिजयी

काठमाडौँ, १९ असोज । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलका अध्यक्षका डा. बुद्धिमान श्रेष्ठ नेकपा एमालेको गण्डकी प्रदेश कमिटि सदस्यमा निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश कमिटिको प्रथम महाधिवेशन अन्तरगत हिजो भएको निर्वाचनमा उनले खुल्ला सदस्य पदमा सबैभन्दा बढी मत ल्याएर बिजयी भएका हुन् ।
कुल खसेको ८९६ मतमा डा श्रेष्ठले ६९८ (७७.९० प्रतिशत) मत आफ्नो पक्षमा पारेका थिए ।
चिकित्सा शिक्षा, व्यावसाय साथै सामाजिक सेवामा सक्रिय श्रेष्ठले राजनीतिलाई पनि संगसंगै अघि बढाएका छन् । उनी यसअघि एमालेको तर्फबाट नगरपालिकामा मेयर तथा प्रदेश सांसदमा उठिसकेका छन् ।
‘म खुल्ला सदस्य तर्फ उम्मेद्धारी दिएको थिएँ, साथीहरुले खुल्ला सदस्य पदमा मलाई सबैभन्दा बढी भोट दिएर जिताउनु भयो । यसमा खुशी छु,’ उनले भने ।
बिहीबार सम्पन्न निर्वाचनमाबाट नेकपा (एमाले) गण्डकी अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

