स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न परिषद् र प्रतिष्ठानबीच सम्झौँता

काठमाडौँ, ३ असोज । स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ ।
सोमबार परिषद्को कार्यलयमा परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु गर्ने सम्झौँता पत्रमा उल्लेख छ । यस्तै स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान कार्य अघि बढाउने सम्झौँतामा उल्लेख छ ।
‘कर्णाली क्षेत्र बहुमूल्य जडीबुटीको खानी हो, यसको प्रयोग हामीले गर्न सकेका छैनौँ, यसलाई सहज प्रयोग गर्ने बातावरण मिलाउनका लागि पनि यो सम्झौँता महत्वपूर्ण हुन्छ,’ सम्झौतापछि प्रतिष्ठानका उपकुलपति डा. रावलले भने । उनले अगाडी थपे ‘अध्ययन अनुसन्धान नहुँदा कर्णालीमा उत्पादित जडीबुडी सस्तोमा चीन र भारत गएर औषधी बनेर महंगोमा हामी नै किनिरहेका छौँ।’
परिषद्का सदस्यसचिव डा। ज्ञवालीले प्रतिष्ठानसंगको सम्झौँताले त्यस क्षेत्रमा देखिने स्वास्थ्य समस्यादेखि लिएर त्यहाँ पाइने जडीबुटीका विषयमा अध्ययन अनुसन्धानका लागि बाटो खुलेको बताए ।
उनले परिषद्ले स्वास्थ्य अनुसन्धानको दायरा बढाउँदै गएको प्रतिष्ठानसंगको सहकार्य त्यसैको एउटा उदाहरण भएको बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



