स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगिता मिश्रा

कान्ति अस्पतालको पनि नेतृत्व परिवर्तन
392
Shares

काठमाडौँ, १३ भदौ । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा संगिता मिश्राले पाएकी छन् । स्वास्थ्य मन्त्री मोहन बस्नेतले आज मन्त्रीस्तरीय निर्णय गर्दै अधिकृत १२ औँ तहकी मिश्रालाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएका हुन् ।

यसअघि विभागको महानिर्देशक डा दीपेन्द्ररमण सिंह थिए । उनलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ ।

यस्तै मन्त्री कान्ति बाल अस्पतालको निर्देशक पदमा पंकज रायलाई लगिएको छ । उनी एघारौँ तहका हुन् । यसअघि त्यहाँ डा युवानिधी बसौला निर्देशक थिए ।

स्वास्थ्य सचिव रोशन पोखरेलले विभाग र कान्तिको नेतृत्व परिवर्तन भएको पुष्टि गरे । उनले मन्त्रालयमा रहेका तीन जना अतिरिक्त सचिवहरुको पनि थप जिम्मेवारी तोकिएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *