धुलिखेल अस्पतालका लागि जापान सरकारको ३ अर्ब १४ करोड ६२ लाख अनुदान स्वीकृत

काठमाडौँ, ६ भदौ । सरकारले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने सहयोग लिने निर्णय गरेको हो।
बैठकले जापानी येन ३ अर्ब २९ करोड ६० लाख (नेपाली रुपैयाँ ३ अर्ब १४ करोड ६२ लाख ४३ हजार) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधनमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने लगायतका चार निर्णयहरु गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



