विषालु फल खाँदा १५ बालबालिका बिरामी

0
Shares

विराटनगर, २९ असार – मोरङमा मंगलबार विहान विषालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् ।

सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरु खेल्नेक्रममा चम्पा (जरकर्नेल) फूलको फल खाएपछि बिरामी परेका हुन् ।

सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *