विषालु फल खाँदा १५ बालबालिका बिरामी

विराटनगर, २९ असार – मोरङमा मंगलबार विहान विषालु फल खाँदा १५ बालबालिका बिरामी परेका छन् ।

सिजुवा–९ स्थित झुर्किया हाटबजारका ८ वर्षदेखि १२ वर्षका बालबालिका बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उनीहरु खेल्नेक्रममा चम्पा (जरकर्नेल) फूलको फल खाएपछि बिरामी परेका हुन् ।

सो विषालु फल खाएपछि उनीहरुलाई टाउको दुख्ने र बान्ता आउन थालेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । हाल ती बालबालिकाको अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *