च्याउ खाएर तीन बालक बिरामी

0
Shares

musrum

बैतडी, २३ असार –  जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर बझाङमा एकै परिवारका तीन बालक बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बिरामी हुनेहरुमा कडेल–७ का गगन कडायतका १४ वर्षीय छोरा नीरज कडायत, ११ वर्षीय रमेश कडायत र सात वर्षीय सुजन कडायत रहेका छन् ।

उनीहरुले बुधबार दिउँसो गोठालो गएका बेला जङ्गलबाट ल्याएको च्याउ बेलुका तरकारी बनाएर खाएको बताइएको छ ।

बिरामी तीनै बालकको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । – रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *