च्याउ खाएर तीन बालक बिरामी
बैतडी, २३ असार – जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएर बझाङमा एकै परिवारका तीन बालक बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बिरामी हुनेहरुमा कडेल–७ का गगन कडायतका १४ वर्षीय छोरा नीरज कडायत, ११ वर्षीय रमेश कडायत र सात वर्षीय सुजन कडायत रहेका छन् ।
उनीहरुले बुधबार दिउँसो गोठालो गएका बेला जङ्गलबाट ल्याएको च्याउ बेलुका तरकारी बनाएर खाएको बताइएको छ ।
बिरामी तीनै बालकको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । – रासस