छारे रोगको ‘एट्याक’ले तातो कराई माथि लड्न पुगेका ३५ बर्षीय पुरुषलाई भेरी अस्पतालले यसरी बचायो

नेपालगञ्ज, ५ बैशाख । छारे रोगले छोप्दा तातो कराईमा घोप्टिन पुगेका नेपालगञ्जका ३५ बर्षीय पुरुष भेरी अस्पतालमा दुई महिना लामो उपचार पछि खतरामुक्त भएका छन् । खतरामुक्त भएसंगै अस्पतालले ६० दिन लामो आइसीयूबाट जनरल वार्ड तर्फ सिफ्ट गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन डा बद्री चापागाईँका अनुसार विपन्न परिवारका ती पुरुषलाई दुई महिना अघि भान्सामा काम गरिरहेका बखत छारे रोगको एट्याक आउँदा तातो कराईँमाथि लड्न पुगेका थिए । त्यसक्रममा उनको मुख तथा घाटीमा गम्भीर जलन भएको थियो ।

डा चापागाईँका अनुसार अस्पतालमा आउँदा उनको सम्पूर्ण शरीरको १६ प्रतिशत भाग जलेको थियो । तर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीको अथक प्रयासले उनी अहिले खतरामुक्त भएका छन् ।

अस्पतालले उनको आइसीयू बसाईका क्रममा खर्च भएको ८४ हजार रुपैयाँ मिनाहा गरिदिएको जनाएको छ ।

भेरीले यो केशको सफलता कसरी हासिल गर्‍योे ?

अस्पतालले दुई महिना अघिको यो घटना विवरण विस्तृत रुपमा सार्वजनिक गरेको छ ।

अस्पतालले उल्लेख गरेको विवरण यस्तो छ :

– ३५ वर्षीय पुरुष, जो छारे रोगले छोप्दा तातोको कराईमा लड्न पुगे अनि मुख र घाँटीमा (सम्पूर्ण ज्यानको करीब १६% भाग) जलेर भेरी अस्पताल आइपुगे ।
– श्वासप्रश्वाको बाटोको सम्भाव्य अवरोध, अधिक दुःखाइ र संक्रमणकाे जोखिमले यस्तो जलन निकै चुनौतिपूर्ण मानिन्छ ।
– अस्पतालले सबै जोखिमको जानकारी गराउँदै ICU मा राखेर उपचार सुरु गर्‍यो ।

– घॉटीको पुरा भाग जलेको कारण ले धेरै नै सुन्निएको र सामान्य श्वासप्रस्वास पनि बन्द हुने अवस्था आएको र सास नली खुम्चिएको(Bronchospam) कारणले कुनैपनि intervention गर्न बिरामीको स्वास्थ्यमा हुने जोखिम र त्यपछि आइपर्ने सामाजिक criticism र नारावाजी/तोडफोड झेल्नुपर्ने जोखिमका बाबजुद बिरामीपक्षको अनुमतिमा स्वास प्रस्वास सुचारु राख्न घाँटीमा प्वाल पार्ने अपरेशन (Tracheostomy) पारेर श्वासप्रश्वास सुचारु गरियो ।

– तातो तेल र बाफको कारणले फोक्सोमा परेको असरले हुने समस्या/निमोनिया(ARDS) को लागि कयौं दिन सम्म भेन्टिलेटरमा राखि उपचार, विभिन्न विभागको अनवरत मिहिनेत र समर्पित नर्सिङ सेवा ले करीब ६० दिनको ICU बसाइ पछि हामीले वहाँलाई बचाउन सफल भयौं । वहाँलाई हिजै मात्र जनरल वार्डमा Step Down गरियो ।

– साधारणतया उच्च जोखिम युक्त यस्ता जलेका बिरामीहरू अन्यत्र रिफर हुने गर्थे । तर अन्त जान न उहाँहरुसँग पैसा नै थियो न अन्य उपाय ।

– असाह्य बिरामीलाई नेपाल सरकारले उपलब्ध गराउने विपन्न उपचार कोष मार्फत पाउने सबै एक लाखको सुविधा वहाँको उपचारमा खर्च गरियो ।

– वहाँको रोजगारदाता र गाउँका सहृदयीले पनि सक्दो सहयोग गर्नुभयो ।

– नपुग औषधीहरु अस्पतालको स्टोरबाट निकाशा गरेरै भए पनि वहँको उपचारमा कुनै कमी हुन दिइएन ।

– ICU बसाइको चार्ज, अक्सिजन र अन्य खर्च वापतको रु ८४००० हजार बराबरको शुल्क पनि अस्पतालले मिनाहा गर्नु बाहेक अरु कुनै उपाय थिएन । गरियो ।
– हामीले एक गरीब नेपालीको ज्यान जोगाउन सफल भएका छौं ।

यो सँगै अस्पतालको बारेमा बेलाबेलामा उठ्ने केहि सवालहरूमा हामी थप स्पष्ट पार्न चाहन्छौं ।

अस्पतालमा बेड किन पाइन्न ?
– प्याक भएर । अस्पतालको इमर्जेन्सी, वार्ड !वा आइसियूमा बेड उपलब्ध भएसम्म हामीलाई बिरामी भर्न गर्न कसैले सिफारिस गर्न पर्दैन । यी सब जनताकै निम्ति हुन । तर सबै भरिभराउ हुन्छन् त कसरी बिरामी लिने ?

– यदि बिरामीले सक्छ भने अन्य विकल्प प्रयास गर्नुहोस् भन्नु के गलत हो ?

– तत्काल भर्ना गर्न नसके पनि कुनै उपाय नभएका बिरामीहरू केहि घन्टा/दिन इमर्जेन्सीमै राखेर भए पनि बेड खाली भएपछि वहँहरूलाई ‘एडजस्ट’ गर्ने गरिएको छ ।

शैया बढाउनु  पर्‍यो नि त, भनेर अर्को प्रश्न आउन सक्छ:

कुरा के हो भने,

– यो हामीले चाहेर मात्र नहुने रहेछ । हालसम्म भेरी अस्पताल नेपाल सरकारको स्विकृत १०० शैया र अस्पताल बिकास समितिबाट थप ५० गरेर जम्मा १५० शैया क्षमतमा संचालित छ । तर पनि बिरामीको चाप र मागले गर्दा भौतिक गणना गर्दा १६२ बेड क्षमतामा संचालित छ ।

– सरकारले ५०० बेड क्षमतामा स्तरोन्नती गर्न शैद्धान्तिक निर्णय गरिसके पनि न जनशक्ति स्विकृत भएको छ, न भौतिक पूर्वाधार तयार भैसकेको छ, न बिरामीको चाप र गर्नुपर्ने निशुल्कको अनुपातमा बजेट नै व्यवस्था हुन सकेको छ ।

– निर्माण सम्पन्न हुन लागिसकेको देखिने चार तल्ले भवन ठेकेदार र निर्माणको व्यवस्थापन गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगंज कार्यालयबाट हस्तान्तर भैसकेको छैन ।

अपरेसनको पालो आउन किन महिनौ लाग्छ त ?
– हाल अस्पतालमा शल्यक्रियाकै लागि भनेर ५ वटा मात्र टेवलहरु छन् । पाँचवटै टेवल मध्य २ अथवा ३ वटा टेवल प्रसुति सेवामा प्रयोग हुने गरेको छ । अन्य टेवलमा जनरल सर्जरी, हार्डजोर्नी , नशा, मुत्ररोग, नाक कान घाँटी रोगका विरामीको शल्यक्रिया हुन्छ । दैनिक ७०० को हाराहारीमा बिरामीको चापले गर्दा अप्रेशनमा पालो महिनौ लाग्नु स्वभाविक हो । तैपनि सरदर १ महिनामा ४५० वटा अप्रेशन हुने गरेको छ ।

अस्पतालको कर्मचारीको ‘तमिज’ भएन भन्ने गुनासो पनि आउने गर्छन् ।

यहाँहरुले के बुझ्नु पर्‍यो भने ,

– स्वास्थ्यकर्मी पनि यहि समाजका सदस्य हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *