नक्कली आरोपित डाक्टर मनिष अर्याल जेल चलान

0
Shares

काठमाडौँ, २० असार  –  सुनसरीबाट पक्राउ परेका नक्कली प्रमाणपत्रधारी डाक्टर मनिष अर्याल जेल चलान भएका छन् । अदालतले मागेको धरौटी बुझाउन नसक्दा अर्याल आइतबार जेल चलान भएका हुन् ।

जिल्ला अदालत सुनसरीले उनीसंग ३२ लाख २५ हजार रुपैया“ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले बताए । उनी परिवार नियोजन संघ सुनसरीमा कार्यरत थिए । चिकित्सा पेशाबाट कमाएको आम्दानीलाई प्रहरीले बिगो दाबी गरी ठगी मुद्दा दायर गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *