नक्कली आरोपित डाक्टर मनिष अर्याल जेल चलान

काठमाडौँ, २० असार  –  सुनसरीबाट पक्राउ परेका नक्कली प्रमाणपत्रधारी डाक्टर मनिष अर्याल जेल चलान भएका छन् । अदालतले मागेको धरौटी बुझाउन नसक्दा अर्याल आइतबार जेल चलान भएका हुन् ।

जिल्ला अदालत सुनसरीले उनीसंग ३२ लाख २५ हजार रुपैया“ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले बताए । उनी परिवार नियोजन संघ सुनसरीमा कार्यरत थिए । चिकित्सा पेशाबाट कमाएको आम्दानीलाई प्रहरीले बिगो दाबी गरी ठगी मुद्दा दायर गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *