नक्कली प्रमाणपत्रको आरोपमा चितवनबाट पक्राउ परेका तीन चिकित्सक मध्ये एक रिहा

0
Shares

doctor clip

चितवन, २०असार –  नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्ययन गरेको अभियोगमा यहाँ पक्राउ परेका तीनजना चिकित्सकको थुनछेक आदेश भएको छ ।

सरकारी जागिरे भएकाले दुई जनालाई अख्तियारले छुट्टै अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको जिम्मा लगाइएको छ भने एकजना धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला अदालत चितवनले दिएको जानकारीअनुसार सुनिल आचार्य र रजनी अग्रवाललाई रु एक/एक लाख धरौटी माग गरिएको छ भने राजन पुरीलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ । आचार्य र अग्रवाल सरकारी जागिरे भएकाले उनीहरुमाथि अख्तियारको अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखिएको हो ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार आचार्यसँग रु २७ लाख, अग्रवालसँग रु १४ लाख र पुरीसँग रु तीन लाख ८५ हजार ५०० बिगो दाबी गरिएको छ ।आइतबार पेस भएको सो मुद्दाका प्रतिवादीसँगको बयान समाप्त गरी आइतबार साँझ ७:३० बजे मुद्दाको थुनछेक आदेश भएको हो ।

मुद्दाको थुनछेक आइतबार नै सक्नका लागि तीनजना न्यायाधीशको इजलाशमा मुद्दा बाँडफाँड गरिएको थियो । पक्राउ परेका तीनै जनालाई सरकारवादी ठगी मुद्दा बमोजिम पाँच वर्षसम्म कैद, बिगो र बिगो बमोजिमको जरिवानासम्मको कारबाही हुनसक्ने व्यवस्था छ ।

उनीहरुलाई गत असार ३ गते जिल्लाबाटै पक्राउ गरिएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *