चौबिस घण्टामा थप २०२ जनामा कोरोना संक्रमण, ४६२ जना डिस्चार्ज

80
Shares

काठमाडौँ, १२ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ सय ६२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ८ सय ३३ नमुना परीक्षण गर्दा २ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८०, ललितपुरमा २० र भक्तपुरमा २ जना गरी उपत्यकामा १ सय २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १३ रहेको छ । त्यसैगरी आइसीयूमा ४४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *